२०८२ चैत २९ , आइतबार

घरदैलोसँगै विश्वभर जुम्ला चिनाइरहेका ज्ञानेन्द्र शाही



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले चुनावी घरदैलोसँगै जुम्लालाई पनि देशभर चिनाइरहेका छन्। विश्वभर रहेका नेपालीको ध्यान खिचिरहेका छन् शाहीले। सामाजिक सञ्जालमा रामै्र फ्यान फलोअर्स भएका उनले चुनावी प्रचारका क्रममा आफू पुगेका गाउँ, ठाउँहरुका पर्यटकीय, धार्मीक, सांस्कृतिक पाटोहरुलाई प्रचार गरिरहेका देखिन्छन्।

 

 

उनको यस्तो प्रकारको प्रचारले जुम्ला पुग्न जो कोहि लोभिने गरेका छन्। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मौलिक संस्कृति बोकेको जुम्लाको सुन्दर गाउँ रासाको प्रचार गर्दा उनले धेरै प्रशंसा पाएका छन्।  तिला गाउँपालिकाको हिमशृङखलादेखि शुन्दर गाउँ मालापानीको चर्चाले जुम्लालाई अझै धेरै चिनाउन सहयोग भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन्।

 

 

तल्फी गाउँ, रिनी गाउँ, माथि लोर्पा, तलि लोर्पा, ताम्ती , सर्मी गाउँ लगायत पर्यटकीय स्थलमा पुगेर प्रत्यक्ष रुपमा नियाल्न शाहीले आग्रह गर्दा विदेशमा बसेका नेपालीहरुलाई पनि आफ्नै गाउँ फर्कीएर जाउँ जस्तो भएको छ। रोजगारीको लागि विश्वका विभिन्न स्थानका युवाहरुलाई भने शाहीले यो प्रचारको शैलीले अहिले नै गाउँ फर्किउँ जस्तो भएको सुनाउँछन्।

 

 

हाल अमेरिका रहेका चन्दनथान नगरपालिकाका विष्णु भण्डारीलाई जुम्लामै फर्किएर व्यवशाय र समाजसेवा गर्न मन लागेको सुनाउँछन्।
“अघिल्लो पटक ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव जितेपछि जुम्लाका स्याउ विश्ववजारसम्म पुर्याउँदा अत्यन्तै खुशी लागेको र आफू पनि देशमै फर्किन मन लागेको तर मन लाग्दा वित्तिकै फर्कन नपाउने उनेको गुनासो छ।”

 

 

“जव शाहीले जुम्लामा अघिल्लोपटक चुनाव जित्नुभयो परिर्वतनको संकेतहरु देखिन थालिहाले, उनी थप्छन् “संसदमा बोलेर पुराना नेताहरुको सातो लिने शाहीलाई फेरी सांसद बनाउनुपर्छ तर विडम्बना मैले भोट दिन पाउँदिन, अव अर्कोपटकको चुनावसम्म त म पनि देशमै फर्किने हो।”
“शाहीले जुम्लाको स्याउ र अन्य अर्गानिक बस्तहरुको बजार विस्तार गरेकोमा जुम्ली जनतामा आसा जागेको छ युवाशक्ति गाउँ फर्किन तयार भएको छ मैले म जस्तो विदेशमा रहेका धेरै साथीभाइहरुसँग बुझेको छु।”

 

 

हाल पोर्चुगल रहेका तिला गाउँपालिकाका मोहन रोकायलाई पनि जुम्ला फर्किन मन लागेको छ। “मलाई आफ्नै ठाउँमा फर्किएर करियर अगाडी बढाउन मन छ तर भावनाले मात्रै कुरा गरेर भएन, हाम्रो जस्तो उच्च हिमाली जिल्लाहरु हेर्दा मात्रै असाध्यै सुन्दर देखिन्छन् तर त्यहिँ बसेर काम गर्न असाध्यै गाह्यो छ , सुन्दरताको हिसावले विश्वमा स्वर्गको टुक्रा जस्तै छ जुम्ला तर विकट हुँदा कष्टकर जिवन जिउनुपर्ने हुन्छ।”
“त्यहि पनि अघिल्लो पटक ज्ञानेन्द्र शाही दाजुले चुनाव जितेर संसदमा गएपछि भने जुम्लाको निकै प्रचार प्रसार भएको छ। उहाँले जुम्लाको विकासको लागि निकै खट्नुभएको हामीले पनि देखिरहेका छौँ उहाँलाई साथ दिनकै लागि पनि म र मेरा साथीहरु गाउँ फर्किने सल्लाह त गरेका छौँ तर हाम्रा आ–आफ्नै बाध्यताको कारण अहिले नै फर्किन भने सकेका छैनौँ”

उनले थपे “शाही दाजुले गर्दा म जस्ता धेरै युवालाई देश फर्कने सोच आएको छ अन्य दलहरुका घोषणापत्र वा वाचापत्रमा पनि विदेशमा रहेका युवाहरुलाई देश फर्काउने वातावरण बनाउने भनेका छन् व्यवहारमा पनि लागू हुन सक्यो भने म जस्ता हजारौँ युवाहरु आफ्नै देश बनाउन आउने थियौँ”

 

 

जुम्लाका ७ गाउँपालिका र एक नगरपालिका मध्येका अधिकांस युवायुवतीहरु युवा उमेद्वार देखि खुसी लागेको प्रतिक्रिया दिन्छन्। शाहीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाकी विनिता कठायत प्रतिस्पर्धामा भएका कारण युवाले जिते विकासमा ध्यान दिने जस्तो देखिएको गुठीचौर गाउँपालिकाकी पार्वती बुढा बताउछिन्।

उनी भन्छिन् “अघिल्लो पटकको चुनावमा शाहीले जितेपछि जुम्लाको चर्चा भएको थियो, विनिता कठायतले पनि जुम्लाको विकासमा सहयोग गर्नुभएको थियो। पुराना नेताहरु भन्दा युवा हरुले विकाशमा ध्यान दिने रहेछन् जस्तो छ अव पनि जस्ले जितेपनि युवाले जित्नुपर्छ।”

 

 

नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानबहादुर शाही दोहोरिने दाउमा चुनावी मैदानमा उत्रिएका छन्। जुम्लामा शाहीलाई टक्कर दिन नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, रास्वपाका विनिता कठायत चुनावी मैदानमा छन्। कठायत यसअघि रास्वपाबाट समानुपातिक कोटाबाट सांसद थिइन्।

एमालेका शान्तिलाल महत र काँग्रेसका दिपबहादुर शाही लगायत १० जनाको उमेद्वारी छ। नरेश भण्डारी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित सांसद हुन्। उनले २१ हजार १२७ मत ल्याएर चुनाव जितेका थिए। त्यतिवेला नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी थियो । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका शाहीले चुनाव जितेका थिए।

 

 

कांग्रेस र माओवादीको चुनावी गठबन्धन थियो । शाहीले २२ हजार ८ सय १९ मत ल्याएर जितेका थिए। गठबन्धनकी उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत ल्याएकी थिइन् । शाहीले दोब्बर मतले गठबन्धनलाई हराएपछि उनको चर्चा चुलिएको थियो ।

अहिले शाही दोस्रो पटक चुनावी मैदानमा छन्। सामाजिक सञ्जालहरूमा शाही र भण्डारीकै चुनावी महाभिडन्त हुने विषय चर्चाको विषय बनेको छ। शाहीको भोट माग्ने सँगै जुम्ला चिनाउने अभियानलाई पनि धेरैले प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार