चिलिमे जलविद्युत आयोजनाको अन्डरग्राउन्ड पावर भेट्न अझै तीन दिन खन्नुपर्ने अनुमान गरिएको छ।
फसेकाहरूको उद्धारमा संलग्न सुरूङविद् एंव सांसद श्रीराम न्यौपानेले सुरूङ भित्रको लेदो हटाउने काम निरन्तर भइरहेको बताएका छन्।

अहिलेकै गतिमा काम भए कम्तीमा पनि तीन दिन लाग्ने अनुमान रहेको उनले बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एक्स्काभेटर र ह्विल लोडर प्रयोग गरी सुरूङ भित्रको लेदो हटाउने काम निरन्तर भइरहेको बताएका छन्।
‘ करिब ६० मिटर लेदो निकलिएको छ, यही गतिमा काम भए थप ३ दिन लाग्ने अनुमान छ,’ उनले लेखेका छन्। त्यसैगरी, म्यानुअल रूपमा सुरूङको माथिल्लो भाग खोतल्दै जाने काम २४० मिटर मध्ये १२० मिटर भित्र पुगेको छ।
प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्