२०८३ भदौ १५ , सोमबार

नेपाललाई आवश्यक सबै सहयोग गर्ने ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले नेपाललाई अमेरिकाले आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन्।

‘नेपालसँग हाम्रो सम्बन्ध राम्रो छ। जस्तो सुकै सहयोगका लागि हामी तयार छौं,’ ट्रम्पले फक्स न्युजसँग भनेका छन्।

उनले नेपालमा आएको प्रकृतिको बाढी अहिलेसम्म कसैले नदेखेको बिपत्ति भनेका छन्।

‘बाढी ध्वंसात्मक थियो। यस्तो बिपत्ती अहिलेसम्म कसैले देखेको थिएनन्। लेदोसहितको बाढीले शक्तिशाली भवनहरू पनि टुथपिकजसरी बगाएको छ,’ उनले भनेका छन्।

बाढीमा ५० देखि ६० जना अमेरिकी नागरिकहरू पनि परेको ट्रम्पले बताएका छन्। यद्यपि उनीहरूको सूची भने अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार