२०८३ जेठ १९ , मंगलबार

‘स्केटिङमा युवाको चासो बढ्दै छ, अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा सहभागी हुन्छौँ ’ हेड कोच बराल



 

स्केटिङ विश्वमा धेरै पहिलादेखि ट्रेन्डिङमा थियो भने नेपालमा पछिल्लो समय यसप्रति रुचि देखाउनेहरु बढेका छन्। यो राष्ट्रिय खेलकूद परिषद्मा सन् २०१५मा दर्ता भएको हो। तर त्यो भन्दा धेरै अघिदेखि नेपालमा स्केटिङको कल्चर सुरु भएको हो।

नेपालमा स्केटिङ र स्केट बोर्डिङको अवस्था कस्तो छ भन्ने जिज्ञासामा नेपाल स्केटिङ एण्ड स्केट वोर्डिङ एसोसिएसन एनएसएसएका हेड कोच दिलिप बराल भन्छन् ‘स्केटिङ दर्ता हुनुअघि पनि व्यापक रुपमा खेलिदै आइएको हो। संस्थागत स्वरुपको अवस्थामा थिएन।’

बरालका अनुसार स्केटिङ छोटो दुरीको यातायात हो। उनी भन्छन् ‘विकासको चरणलाई नियाल्दाखेरी नेपालमा जुन द्रुत गतिमा स्केटिङप्रति युवा बर्गको चाहना रुचि अभ्यास र यसले शारिरिक तथा मानसिक स्वास्थयमा पुर्याएको योगदान देख्दाखेरि स्केटिङलाई माइक्रोमोविलिटीको रुपमा छोटो दुरीको यातायातको रुपमा पनि लिन सकिन्छ।’

 

 

यसको उदाहरणको रुपमा हाम्रा साना साना भाईबहिनीहरुले गर्नुभएको म्याराथुनलाई दिन सकिन्छ। रोडमा सागसव्जी तरकारी किन्न जाँदा खेरी अथवा टिउसन पढ्न जाँदाखेरी अथवा स्कूल जाँदाखेरी स्केटीङमा मज्जासँग हिडेको हामीले देखेका छौँ।

‘राज्यले कुनै पनि एउटा शहरलाई नमूना शहरको रुपमा लिएर स्केटिङ मैत्री रोड बनाइदियो भने छोटो दुरीको यातायातको रुपमा प्रयोग गर्न अत्यन्तै उपयोगी हुने मैले देखेको छु। यो संभव छ, स्केटिङ नेपालमा कुनै दिन छोटो दुरीको रुपमा स्थापित हुनेछ।’

स्केटिङप्रति युवाको चासो बढ्दै गएको र अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा सहभागीताको तयारी भएको बरालले बताए। उनका अनुसार ‘हिजोका दिनमा औपचारिक रुपमा नेपालमा संस्थागत थिएन। यो एउटा अन्र्तराष्ट्रिय मापदण्डको खेल हो। अन्र्तराष्ट्रिय स्तरमा यसको वल्ड कप हुन्छ। विभिन्न च्याम्पियनशीपहरु हुन्छन्।’

यो क्रिकेट,फूटवल भलिवल जस्तै खेल हो भन्ने कुरा जव युवा बर्गले नेपालमा बुझे, लगभग धेरै युवाहरु यो प्रति आकर्षित भए स्केटिङको प्रमोशन र विकास गर्नको लागि जुन ढंगले काम गरिरहेका छौँ त्यसले गर्दाखेरी यो एउटा खेल हो भन्ने कुरामा युवाहरुको चासो बढेको छ र धेरै खेलाडीहरु व्यवशायिक ढंगले अन्र्तराष्ट्रिय च्याम्पियनशीपको लागि हामीले तयारी गरिरहेका छौँ।’

बरालका अनुसार अन्र्तराष्ट्रिय ओलम्पिक कमिटिमा छानिनु अघि स्केट बोर्डिङ र स्केटिङलाई फेसनको रुपमा पनि खेलिन्थ्यो। अहिले प्रतियोगितात्मक खेलको रुपमा दर्ज भएको छ। यसको अन्तर्राष्ट्रिय च्याम्पियनशीप, ओलम्पिक, वल्र्ड कप सबै प्रतियोगिता हुदै आएका छन्।
अहिले संस्थागत र औपचारिक भएको छ। स्केटिङ र स्केट बोर्डिङ नेपाल ओलम्पिक कमिटिमा पनि छ।

नेपालमा स्केटिकको पूर्वाधार कस्तो छ?
२०१५ अघि खुल्ला चौर र बास्केटवल ग्राउण्डमा खेलिन्थ्यो। यसमै प्राक्टिस हुँदै आएको थियो। २०१६ मा अमेरिकाको एउटा संस्थासँग पोखरा रंगशाला भित्र उनिहरुको च्यारिटिमा एनएसएसएको प्रपोजलमा पोखरा रंगशालाभित्र अन्र्तराष्ट्रिय स्तरको स्केट पार्क छ। जर्मनको एउटा संस्थाको सहयोगमा रुपन्देहिको तिलोत्तमामा अर्को स्केट पार्क छ। नेपालको स्केटेट भन्ने एउटा संस्थाले शंरक्षण गरिरहेको छ। काठमाडौँ महानगरमा बालेन्द्र शाह मेयर भएर आएपछि हाँडीगाउँमा यमवुद्द स्केट पार्क भनेर जग्गा छुट्याइदिएका थिए। अहिले निमार्णधिन अवस्थामा छ। केहि महिनापछि अन्र्तराष्ट्रिय स्तरको च्याम्पियनशीप गर्न सफल हुन्छौँ। भरतपुर महानगर, धरान उपमहानगर पालिका लगायत अन्य महानगरमा पनि एनएसएसएले स्केट पार्कको लागि प्रस्ताव गरेको छ। स्थानीय सरकारसँग खेलकूदको शीर्षकहरुमा बजेट हुने रहेछ।
एक पालिका एक स्केट पार्क भन्ने नारा तय गरेका छौँ।

स्केटिङ पार्क र रिङस्हरुको अवस्था कस्तो छ?
एक दशकको स्केटिङको प्रवृत्ति हेर्दा साढे तीन सय देखि चार सयसम्म स्केट पार्क र रिङस्हरुको निमार्ण भैसकेको छ। काठमाडौँ भ्यालीमै एक डेढसय पार्क र रिङस्हरु छन्। रुकुम,सिन्धुली, तराईका हरेक जिल्लामा विद्यालयहरुमा हिजो बास्केटवल,फुटवल, भलिवलका पूर्वाधारहरु तयार गर्दा आज नेपालका धेरै विद्यालयहरुमा स्केट पार्क र रिङसको लागि उपयुक्त हुने ठाउँहरुको विकास भएका छन् । पूर्वाधार निर्माण भएका छन्। नेपालमा झण्डै ५ हजारको हाराहारीमा स्केटका व्यवशायिक खेलाडीहरु उत्पादन भएका छन्।

स्केटिङ सुज सस्तो छन् वा महङगो?
स्केटिङ र स्केट बोर्डिङको गेयरहरु खासै महङगो हुँदैन। सुजको १५ सय देखि ५ हजारसम्म सजिलैसँग पाइन्छ। आइस स्केटिङको अलिकति महङगो पर्छ। रोलर स्पोस्टमा महँगो छैन।

प्रशिक्षण प्रणालीको विकास कसरी भइरहेको छ?
साहसिक खेल हो। प्राइभेट पार्कहरु धेरै खुलेको भएर सोधपुछको लागि नेपाल सरकार गृहमन्त्रालयले एनएसएसएलाई पत्राचार समेत गरेको थियो।  लोकल,जिल्ला प्रदेश र राष्ट्रिय स्तरको प्रशिक्षक देशभरका हरेक पार्कमा एक देखि दुई जनाले प्रशिक्षण दिदै आउनुभएको छ। स्थानीय कोचहरुले बेसिक कुरा सिकाउछन्। एडभान्स लेभलमा अन्र्तराष्ट्रिय स्तरको नियमहरु अथवा अन्र्तराष्ट्रिय स्तरमा खेल्नुपर्ने नियमहरु कोच गरिन्छ। सैद्धान्तिक र प्रयोगात्मक दुवै सिकाइन्छ। स्कोरिङ सिस्टम, अपनाउनुपर्ने नियमबारे सिकाइन्छ। कोच, सेमिनार र टे«निङ नेपाल ओलम्पिक कमिटिको सहयोगमा गर्नको लागि प्रस्ताव पनि गरेको छ। प्रस्ताव सकरात्मक भएको खण्डमा आगामी मे जुनतिर बृहत्त तवरले प्रशिक्षण दिने तयारी छ। अन्र्तराष्ट्रिय सहभागीताको अनुभव २०१८मा एसियन गेममा सहभागिता जनाएको थियो। वल्ड स्केट बाट हुने नियमित अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता रहँदै आएको छ।

स्केटिङमा पदक जित्नेसम्मको स्थितीमा कहिले पुग्छौँ?
स्केटिङलाई प्रमोट र विकास गर्ने लक्ष्यसहित हिडेको कारण ओलम्पिक लक्ष्य हुनु स्वभाविक हो। त्यो दिशातर्फ हामी उन्मुख छौँ। हाम्रा नेपाली खेलाडीहरुलाई विदेशीहरुले त यतिसम्म पनि भन्नुहुन्छ कि नेपाली स्केटकै लागि बनेको हो। यो भनेको नेपालीको साहसीको पहिचान हो। खेल पनि उत्कृष्ठ तरिकाले खेल्न सक्ने कारणले गर्दा हामीले प्रशिक्षण गरेका स्केटिङका खेलाडीहरु शारिरिक तन्दुरुस्त, मानसिक रुपले तिक्ष्ण हुनुहुन्छ। ओलम्पिक खेलको लागि आवश्यक पर्ने शैद्धान्तिक र प्रयोगात्मक शिक्षा दिनको लागि म हेड कोच भएको नाताले प्रतिवद्ध छु।
यदि नेपाली स्केटरसहरुलाई अन्र्तराष्ट्रिय जगतमा खेल्ने मैदानसम्म लग्दिन राज्यले सक्यो भनेदेखि हामीले मेडल ल्याउने संभावना धेरै छ।स्केटिङ टेक्निकल गेम भैसक्यो। विद्यालयहरुमा पार्ट टाइम कोचको डिमान्ड हुन थालेको छ राम्रो पारिश्रमिक पनि दिँदै आएका छन्।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार