२०८२ चैत २९ , आइतबार

रोकिएको आइपिएल १७ मेदेखि ३ जुनसम्म हुने



इन्डियन प्रिमियर लिग (२०२५) को सुरुवात १७ मेदेखि पुन:सुरु हुने भएको छ।

६ भेन्युमा लिग स्टेजका १३ खेल हुँदा प्लेअफचरणका खेलहरु २९ मेदेखि हुने जनाइउको छ। प्रतियोगिताको फाइनल ३ जुनमा हुनछ।

बीसीसीआइले प्रतियोगिता रोक्दै देश युद्धको अवस्थामा रहेको र यो अवस्था क्रिकेट जारी राख्नु उचित नहुने भन्दै स्थगित गर्ने निर्णय गरेको थियो।

स्थगनपछिको पहिलो खेलमा १७ मेमा आरसीबी र कोलकाता बैंगलोरमा भिड्दै छन्। जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा बाँकी लिगचरणका खेलहरु हुने छन्। २७ मेमा लिगचरण सकिने छ। १८ र २५ मेमा दुईवटा डबलहेडर हुने छन्। अर्थात ११ दिनमा लिगचरणका १३ खेल हुने छन्।

त्यस्तै पञ्जाब र दिल्लीबिचको धर्मशालमा ८ मेमा खेल जारी रहँदा पाकिस्तानी आक्रमणका कारण रोकिएको थियो। उक्त खेल अब २४ मेमा जयपुरमा हुने जनाइएको छ। प्लेअफ खेल हुने स्थानको तय हुन बाँकी छ।

यसअघिको तालिका अनुसार हैदराबाद र कोलकातामा २-२ प्लेअफ खेल्ने कार्यतालिका रहेको थियो।
आइपिएलमा तीन टिम प्लेअफ पुग्ने दौडबाट बाहिरिसकेकका छन्। हैदराबाद, राजस्थान र चेन्नई प्रतियोगिताबाट बाहिरिँदा बाँकी ७ टिम भने प्लेअफको दौडमा कायम रहेका छन्।

खेल रोकिएसँगै विदेशी खेलाडीहरु घर फर्किएका छन्। अब प्रतियोगिता हुने भएसँगै धेरै खेलाडी फर्किने छन्। यद्यपि विश्व टेस्ट च्याम्पियनसिपको तयारीमा रहेको अस्ट्रेलियाका भने केही खेलाडी नफर्किने सम्भावना रहेको छ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुनमा हुनेछ।

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार