चिकित्सा शिक्षा अध्ययन आफैमा एउटा ठूलो तपस्या जस्तो नै हो। हरेक बर्ष चिकित्सा शिक्षा अध्ययनको लागि १८ देखि १९ हजार विद्यार्थीहरु प्रवेश परिक्षाको तयारीमा हुन्छन्।
विभिन्न क्षेत्रमा हेर्ने हो भने लगभग ३५ देखि ३६ हजार परिक्षार्थी परिक्षामा उपस्थित भएका हुन्छन्। बर्षौदेखि कोचिङ कक्षादेखि विभिन्न प्रकाशनका किताव अध्ययन गरेर परिक्षाको तयारी गरिरहेका हुन्छन्।

काठमाडौँमा झण्डै २०० होस्टेल चिकित्सा शिक्षा अध्ययन परिक्षाको तयारीको लागि भरिभराउ हुने गरेको देखिन्छ। विषेशगरी MBBS/BDS/ B.Sc Nursing/ B.pharmacy/ Radiology लगायत चिकित्सा शिक्षा सम्बन्धी विभिन्न कोर्षको तयारीको लागि विद्यार्थीहरु परिक्षाको समय र अन्य समयमा मिहनत गरेर बसिरहेका विद्यार्थीहरुको मनभित्रको डरको फाइदा उठाउन केहि होस्टल संचालक र केहि कन्सलटेन्सी अर्थात परासर्म केन्द्रका संचालकहरु प्रवेश परिक्षा पास गराइदिने ठेकेदार जस्तो ठेक्का लिनलाई विद्यार्थीहरुलाई सम्पर्क गरी प्रलोभनमा देखाएकोप्रति चिकित्सा सुधार पिडित पक्षले चिन्ता व्यक्त गरेको छ।
पिडित पक्षले घटनाको छानविन गरी दोषीलाई कारवाही गरी पाउँ भन्दै चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरमा निवेदन दिएको छ।चिकित्सा शिक्षा अधययनको तयारीमा रहेका विद्यार्थीहरुलाई पास गराइदिने लोभमा मोटो रकम ठग्दै आएकाहरुलाई राज्यले कडा कारवाही गर्नुपर्ने पिडित पक्षको माग छ।
घटनामा सरकार र सरोकारवाला निकाय मुकदर्शक बनेकोमा पिडित पक्ष थप निरास बनेको छ। चिकित्सा शिक्षा आयोगले यसपटक अर्थात २०८३ को भर्ना प्रक्रियाको लागि विभिन्न संकायहरुको प्रवेश परिक्षा कात्तिक १४ गतेदेखि २० गतेसम्म संचालन गर्ने परिक्षा तालिका सार्वजनिक गरेको छ।
परिक्षा नजिकिदै जाँदा चिकित्सा शिक्षा क्षेत्रमा पिडितपक्षले भन्दै आएका दलालहरुले अभिभावक र विद्यार्थीहरुलाई आफूसँग प्रश्नपत्र आइसकेकोले त्यसलाई मोलमोलाई गर्ने चरणमा रहेको पिडित पक्ष बताउँन्। २५ देखि ३० लाख रुपैँयासम्ममा प्रश्नपत्र विक्रिमा राखेको पिडित पक्षको दावी छ।
प्रमाण संकलन गरेर राखेको भन्दै चिकित्सा शिक्षामा हुँदै आएको मनपरी तत्काल रोक्न पनि पिडित पक्षले भनेका छन्। पिडित पक्षका अनुसार प्रश्नपत्र बेच्न बसेकाहरुले परिक्षाको एकदिन अघि प्रश्नपत्र दिने ठोकुवासहित अभिभावक र विद्यार्थीलाई टेलिफोन गर्ने गरेका छन्।









प्रतिक्रिया दिनुहोस्