चर्चिच गायक तथा कलाकार टेक बिसी र कलाकार तथा मोडल कृष बमलगायतको सहकार्यमा नयाँ आधुनिक गीत “निदाउन तिम्रै काख चाहिन्छ” सार्वजनिक भएको छ। गीत गायक तथा कलाकार टेक बिसी युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो। पछिल्लो समय कलाकारहरु बिसी र बमले धेरै गीतहरुमा सहकार्य गर्दै आएका छन्।

“निदाउन तिम्रै काख चाहिन्छ” गीतमा गायनमा टेक बिसीलाई चर्चित गायिका रचना रिमालले साथ दिएकी छन्। गीतको म्युजिक भिडियोमा कलाकार कृष बमसँगै प्रतिक्षा खत्री र कोष खड्कालाई देख्न पाईनेछ।
गीतको शव्द,संगीत चर्चित गायक, रचनाकार, संगीतकार भीम बिसीको हो। राहुल बराइलीले म्युजिक भिडियोको निर्देशन गरेका छन्।
टेक बिसीका कालाकाला आँखामा चस्मा लगाउली, दिलको खाली पर्चामा, नजर लाग्लानी नाकैको फूलीमा, डार्लीङ, हाइ डिमान्ड, चाँदी र सुनको, नपार नक्कल, लाइयो माया लाइयो, खाइयो कसम खाइयो, बुलेट बाइकमा, जोवनै ढल्की गएसी, यो मुटुको दायाँ र बायाँमा भर नभाको, दुरी मलाई हुनु छैन, तिम्रै नाम जपी मरु म, स्लोली स्लोली, गोल्डेन झुम्का, तिमी बाहेक, नम्बरी सुन,सेतै पितल लगायत सयौँ गीत अत्याधिक चर्चामा छन्।

टेक बिसी स्वदेश तथा विदेशका मेला महोत्सवहरुमा निकै व्यस्त हुने गरेका छन्।

आधुनिक, आइटम, चलचित्रका गीतदेखि लोक लयका गीतसम्ममा उनले निकै मधुर आवाज भरेर स्रोता दर्शकलाई मन्त्रमुग्ध पार्दै आएका छन्।
गायनमा जस्तै उनी नृत्य र अभिनयमा समेत पोख्त छन्। आफूले स्वर भरेका अधिकांश गीतमा उनी आफैँ नृत्य रअभिनय त गर्छन् नै अफर आउँदा अरुका गीतहरुमा पनि मोडलिङ र नृत्य गर्दै आएका छन्।

टेक बिसीका अधिकांश गीतहरुमा नायक पल शाहको अभिनय तथा नृत्य रहँदै आएको भन्ने कारणले पनि एक समय निकै चर्चा पाएको थियो।

यता कलाकार कृष बम नेपाली गीत संगीतको क्षेत्रका एक चम्किलो ताराको रुपमा उदाइरहेका छन्।

उनले आफ्नो नृत्य र अभिनयमार्फत लाखौँ दर्शक स्रोताको मन जित्दै आएका छन्।

हाँसी हाँसी लगायौ पिरती,जनता जागे, १६ बर्षे जवानी, प्यारो बन्नु छ, नाँच मायाले,यो माया, मर्न नपरोस्, के चल्छ र यो सास, सक्दिन किन लगायत दर्जनौँ गीतमार्फत आफ्नो नृत्य र अभिनयले दर्शक,स्रोताको मन जित्न सफल भएका छन्।

यस्तो छ टेक बिसी र कृष बमको “निदाउन तिम्रै काख चाहिन्छ” (भिडियोसहित)








प्रतिक्रिया दिनुहोस्