आउँदो बुधवारदेखि चार दिनसम्म नेपालमा धेरैतिर वर्षा गराउने प्रणाली बङ्गालको खाडीमा विकसित भइरहेको भन्दै मौसम विद्हरुले सचेत गराएका छन्।
चक्रवातको रूप लिँदै उक्त प्रणाली बुधवार बिहानै भारतका पूर्वी तटीय राज्यहरूमा बज्रने भारतीय मौसम निकायहरूले जनाएका छन्। नेपालमा भने बिहीवारदेखि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
नेपालमा बुधवार पूर्वी भेगमा हल्का पानी पर्न थाल्ने र मध्य भेगसम्मै बदली हुने क्रम सुरु हुनेछ। बिहीवारदेखि शनिवारसम्म भने वर्षाको धेरै सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
“कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आंशिकजस्तो प्रभाव पर्ने देखिन्छ। बढी प्रभाव भने त्यसपूर्वका भेगमा पर्ने देखिन्छ।”
मौसमविद्हरूले हालसम्मको मूल्याङ्कनमा केही ठाउँमा भारीदेखि अति भारी सम्मको वर्षा र हिमालमा उच्च हिमपात हुने देखिएको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह-प्राध्यापक मौसमविद् विनोद पोखरेलले आउन लागेको यस प्रणालीलाई सन् २०१४ को ‘हुदहुद’ आँधीजस्तो ‘ठूलो’ हुने भन्दै सचेत गराएका छन्।
बङ्गालको खाडीमा बनिरहेको न्यूनचापीय प्रणाली बलियो हुँदै चक्रवातमा परिणत भएसँगै नेपालमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो।
मौसम विभागले सुरुवाती प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशमा भए तापनि बिहीवार राती र शुक्रवार उच्च प्रभाव नेपालभर धेरैतिर देखिने जनाएको छ। कर्णाली, सुदूरपश्चिम एवं लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा असर कम पर्ने बताइएको छ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानहरूलाई मङ्गलवारभित्रै धानबाली भित्र्याउन आग्रह गर्दै सूचना जारी गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम विभागसँग मिलेर हाल विकसित प्रणालीलाई ूनिरन्तर निगरानीू गरिरहेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार, शुक्रवार र शनिवारका धान काट्ने योजना बदल्नु पर्ने सम्भावना बलियो बन्दै गएको बताएको छ।
सरकारले उक्त अवधिमा यात्रा गर्ने योजना बनाएकाहरूलाई मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्