२०८२ चैत २७ , शुक्रबार

के हो एमाले नेता मल्लको यौन प्रकरण? युवतीले लगाईन् गर्भपतनसम्मको आरोप!



काठमाडौँ – नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनको मुखमा पार्टी नेता कर्णबहादुर मल्ल (मुगु)लाई एक युवतीसँगको अनैतिक सम्वन्धबारे गम्भीर आरोप लागेको छ।

मल्लले एक युवतीसँग अनैतिक र गैरकानूनी शारीरीक सम्बन्ध राखेर गर्भपतन गराउन बाध्य बनाएको आरोप लगाएकी छन्।
नेता मल्ल नै युवतीको श्रीमान र अभिभावक बनेर काठमाडौँ उपत्यकाको एक अस्पतालमा गर्भपतन गराइदिएको अस्पतालको कागजपत्र पनि युवतीले बोकेर हिँडेकी छन्।

मल्ल एमालेका कर्णाली प्रदेश कमिटि सदस्य एवं मुगुको सोरु गाउँ कमिटिका इन्र्चाज हुन्। ती युवतीका अनुसार नेता मल्ल युवतीसँग २०८० सालदेखि निकट थिए।

तर जव सम्बन्धमा गर्भपतन गर्नुपर्ने स्थिती आयो नेता मल्ल एकाएक टाढिएपछि युवतीले मिडियामार्फत खोजी गरेकी हुन् भने उनि कानूनी उपचारमा जाने तयारीमा रहेको बताईन्।

५० बर्ष नाघेका मल्ल विवाहित भएपनि श्रीमतिसँग राम्रो सम्वन्ध नरहेको भन्दै युवतीसँग नजिकिएको युवतीको भनाई छ। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनौट भएका छन्।

मंसिर २७ देखि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। ४७ हजार संगठित सदस्य रहेका कर्णाली प्रदेशमा हुम्लाबाट ६ जना, मुगु ६, जुम्ला ६, कालीकोट ८, डोल्पा ८, दैलेख २० जना, सुर्खेत २० जना, जाजरकोट १२ जना, रुकुमपश्चिमबाट ६ जना र सल्यानबाट ८ जना प्रतिनिधि चयन भएका छन्।

कर्णाली प्रदेशबाट एमालेको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २८ जना नेताहरू छन्। ती मध्ये स्थायी कमिटी सदस्यमा सुर्खेतका यामलाल कँडेल र हुम्लाका गोरखबहादुर बोगटी गरी दुई जना छन्। यी दुवै जना महाधिवेशनबाट सचिव बन्न चाहान्छन्। एमाले कर्णाली प्रदेश इन्चार्ज रहेका बोगटीलाई युवतीले आफ्नो समस्या राखिसकेको बताएकी छन्।

एमाले मुगु जिल्लामा समस्या राख्दा वास्ता नगरेपछि उनि प्रदेश हुँदै केन्द्रमा पनि पुगेकी थिइन्। मुगु जिल्ला अधिवेशन सम्पन्न गराउन पुगेका नेताहरुले समस्या समाधान गराईदिने आश्वासन दिएपनि अहिले सबैजना सम्पर्कविहिन रहेको युवतीले आजका समाचारसँग बताईन्।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार