२०८३ वैशाख ३ , बिहीबार

यस्तो छ विशाल कैनीको नयाँ म्युजिक भिडियो



विशाल कैनीको परिकल्पना र निर्देशनमा बजारमा नयाँ म्युजिक भिडियो आएको छ।  चुना लाएर बोलको रोमान्टिक गीत ईशा परियारको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सिम्रन परियारको आवाज रहेको गीतका शव्द दिनेश सुवेदीले रचेका हुन्। भिडियोमा निर्देशक कैनीलाई पनि हट अवतारमा देख्न सकिनेछ।
कैनीलाई मोडल ईशा परियारले साथ दिएकी छन्।

नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएका कैनीले यसअघि पनि निकै चर्चित गीतहरु बजारमा ल्याएका छन्। दुरी मलाई हुनु छैन, तिम्रै नाम जपि मरु, हट बाइजाउँ धनगढी लगायत सयौँ चर्चित गीतमा कैनीले काम गरेका छन्।विशाल कैनी र चर्चित गायक टेक विसीले काठमाडौँकै मैतीदेवीमा डान्स स्टुडियो पनि संचालन गर्दै आएका छन्।

हेर्नुहोस् भिडियो

 

 

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार