काठमाडौँ–चिकित्सा शिक्षा प्रवेश परिक्षासम्बन्धी बिस्तृत जानकारीको लागि केहि पुराना कर्मचारी तथा बाहालवाला पदाधीकारीसँग बुझ्न खोज्दा विगतमा जस्तै यसबर्ष पनि विवादमै पर्ने बुझिएको छ।
चिकित्सा शिक्षा अध्ययनका लागि लिइने प्रवेश परिक्षाको नतिजाहरु पारदर्शी नहुने प्रमाणहरुसहित नै सार्वजनिक हुँदै आएकोमा यस बर्ष पनि सोहि कर्तुत दोहोरिने गरि अनधिकृत कृयाकलापहरु भइरहेका बुझिएको छ।
१२/१५ पटकसम्म अदालतको आदेशले भर्ना प्रक्रिया नै रोकिएको छ भने ३ पटक प्रवेश परिक्षा रद्द गरेर अर्को परिक्षा संचालन गरिएको छ।
एकपटक सर्वोच्च अदालतको आदेशले विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको परिक्षाफल पुनः प्रकाशन गरिएको छ।
सन् २०१९/२० को काठमाडौँ विश्वविद्यालयले लिएको प्रवेश परिक्षाको रिजल्ट तीन पटक प्रकाशन गरेपनि उक्त रिजल्टप्रति विद्यार्थी सन्तुष्ट नभएर त्यसविरुद्धको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ।
त्यस्तै महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिनले सन् २००९/१० मा लिएको एमडी/ एमएसको परिक्षाको प्रश्नपत्र परिक्षा अगाडी नै परिक्षाहलको अगाडी छलफल भएपछि परिक्षा नै रद्द गर्नुपरेको थियो।
त्यस्तै सन् २०१३/१४ मा शिक्षा मन्त्रालयले लिएको परिक्षाको पश्नपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिक्षाहल बाहिरबाट बरामद गरेको घटना पनि ताजा नै छ। अख्तियारले केहि व्यक्तिहरुबाट प्रश्नपत्र बरामद गरेपछि त्यतिबेला परिक्षा नै रद्द भएको थियो।
यस्तै सन् २०१६/ १७ मा काठमाडौँ विश्वविद्यालयले लिएको परिक्षा पनि विवादमा परेको देखिन्छ। यसरी विभिन्न समयमा धेरै पटक परिक्षाहरु विवादमा पर्दै रद्द भएपछि डा गोविन्द केसीको अनसनले चिकित्सा शिक्षा आयोग गठन गर्ने र आयोगको मातहतमा सबै परिक्षा संचालन गर्ने निर्णय भएको हो।
प्रवेश परिक्षाको अनियमितता रोक्न चिकित्सा शिक्षा आयोग गठन भएर Dm/Mch/Md/Ms/Mbbs लगायत विभिन्न संकायको प्रवेश परिक्षा लिने म्याचिङ प्रक्रियाबाट भर्ना लिने गरेको देखिन्छ। तर चिकित्सा शिक्षा आयोग गठन भएदेखि चिकित्सा शिक्षा आयोग पनि विवादको घेराबाट बाहिर निस्कन सकेको छैन।
केहि प्रवेशपरिक्षाको प्रश्नपत्रहरु निस्किएको हल्ला सुनिएको खवरहरु देखिन्छ भने भर्ना प्रक्रियाको बिषयलाई लिएर सर्वोच्चसम्म मुद्दा पुगेको देखिन्छ। चिकित्सा शिक्षा आयोगले पनि प्रवेश परिक्षाको एउटै नतिजालाई पटक पटक सच्याएको देखिन्छ। आयोगले यसलाई प्राविधिक गडबडी भन्दै आएको छ। यो प्राविधिक गडवडी नै हो वा अन्य कारण हो प्रश्नको घेरामा छ।
चिकित्सा शिक्षा प्रवेश परिक्षा नजिकिदै गर्दा प्रश्नपत्र किनबेचको चलखेल बढेको पिडितको गुनासो रहेको छ।
चिकित्सा शिक्षाको परिक्षा नजिकिदै गर्दा खुलेआम प्रश्नपत्र बिक्रिमा!
एउटै अभिभावकबाट माफियाले धम्क्याउदै ३० लाख रुपैयाँसम्म लुट्न खोजेको भन्दै पिडित पक्षले सम्बन्धित निकायमा निवेदनसमेत दिएका छन्।









प्रतिक्रिया दिनुहोस्