२०८२ चैत २९ , आइतबार

गायक दुर्गेश थापा र डेनीम नेशनबीच कस्तोे सहमति भएको हो?



गायक दुर्गेश थापा डेनीम नेशनको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। नेपालमा बिगत ८ वर्ष देखि नेपाली बजारमा स्थापित उत्कृट नेपाली ब्राण्ड डेनीम नेशनले गायक दुर्गेश थापालाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको जनाएको छ।

थापाले विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डहरुका सामु डेनीम नेशनले आप्mनो छुट्टै पहिचान बनाउन सफल भएको र पहिले देखि नै यसको नियमित उपभोक्ता भएको ब्राण्डमा आफु आवद्ध हुन पाउँदा खशी व्यक्त गरे।

 

कार्यक्रममा डेनीम नेशनका अध्यक्ष शुसिल वेलबासेले डेनीम नेशनको हाल सम्मको यात्रा तथा नेपाली बजारमा खट्कीएको गुणस्तरको अभावलाई चिर्न आफुले कुनै कसर नराखेको हुनाले आज बजारमा एक स्थापित नाम भएको बताए।

दुर्गेश थापालाई ब्राण्ड एम्बेस्डरको रूपमा पाउँदा गौरव महशुस गरेको उनले बताए। आगामी दिनहरुमा गायक दुर्गेश थापा र डेनीम नेशनको सहकार्यले अझ उत्कृष्ट उत्पादनहरु बजारमा ल्याउने वाचा पनि गरे।

काठमान्डौको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रमबाट गायक दुर्गेश थापा तथा उनको क्रियटिभ टिम र डेनीम नेशनको संयुक्त पहलमा डेनीम नेशनलाई नेपालको नं १ ब्रण्ड बनाउनुका साथै देश विदेशमा पनि यसको पहिचान बढाउने सहमती भएको छ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार