२०८३ कात्तिक १३ , शुक्रबार

चिकित्सा शिक्षा परिक्षा अघिनै प्रश्नपत्र आउट गराएको पिडीतको आरोप



चिकित्सा शिक्षा प्रवेश परिक्षाको मुखैमा प्रश्नपत्र आउट भएको एक समूहले दावी गरेको छ।
चिकित्सा शिक्षा सुधारको पक्षमा रहेको एक समूहले केहि डाक्टरहरुले नै समूह बनाएर प्रश्नपत्र आउट गराएको दावीसहित सञ्चारमाध्ययममा आएका छन्।
पिडित पक्षले घटनाको छानविन गरी दोषीलाई कारवाही गरी पाउँ भन्दै चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरमा निवेदन दिएको छ।चिकित्सा शिक्षा अधययनको तयारीमा रहेका विद्यार्थीहरुलाई पास गराइदिने लोभमा मोटो रकम ठग्दै आएकाहरुलाई राज्यले कडा कारवाही गर्नुपर्ने पिडित पक्षको माग छ।

घटनामा सरकार र सरोकारवाला निकाय मुकदर्शक बनेकोमा पिडित पक्ष थप निरास बनेको छ। चिकित्सा शिक्षा आयोगले यसपटक अर्थात २०८३ को भर्ना प्रक्रियाको लागि विभिन्न संकायहरुको प्रवेश परिक्षा कात्तिक १४ गतेदेखि २० गतेसम्म संचालन गर्ने परिक्षा तालिका सार्वजनिक गरेको छ।

चिकित्सा शिक्षाको परिक्षा नजिकिदै गर्दा खुलेआम प्रश्नपत्र बिक्रिमा!

परिक्षा नजिकिदै जाँदा चिकित्सा शिक्षा क्षेत्रमा पिडितपक्षले भन्दै आएका दलालहरुले अभिभावक र विद्यार्थीहरुलाई आफूसँग प्रश्नपत्र आइसकेकोले त्यसलाई मोलमोलाई गर्ने चरणमा रहेको पिडित पक्ष बताउँन्। २५ देखि ३० लाख रुपैँयासम्ममा प्रश्नपत्र विक्रिमा राखेको पिडित पक्षको दावी छ।

प्रमाण संकलन गरेर राखेको भन्दै चिकित्सा शिक्षामा हुँदै आएको मनपरी तत्काल रोक्न पनि पिडित पक्षले भनेका छन्। पिडित पक्षका अनुसार प्रश्नपत्र बेच्न बसेकाहरुले परिक्षाको एकदिन अघि प्रश्नपत्र दिने ठोकुवासहित अभिभावक र विद्यार्थीलाई टेलिफोन गर्ने गरेका छन्।

यस्तो छ पिडितले दावी गरेका प्रश्नपत्र लिक गराउने डाक्टरको नाम र सम्बन्धित संस्थालाई बुझाएको निवेदन।

श्रीमान, उपाध्यक्ष ज्यू
चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुर
विषयः छानविन गरी दोषीलाई कारवाही गरी पाउँ भन्ने सम्वन्धमा

उपरोक्त सम्बन्धमा चिकित्सा शिक्षा आयोगले संचालन गर्ने प्रवेश परिक्षामा विगतदेखी आन्तरिक कर्मचारीको लापरवाही मिलेमतो तथा बाहिरी दलाल मास्टर माइन्डले गर्दा आंशिक तथा पूर्ण रुपले प्रभावित हुँदै आएको कुरा सर्वविदितै छ।
यसपटक पनि कार्तिक १४ गतेदेखि हुन लागेको प्रवेश परिक्षामा पनि सधै दलालहरु सानो तथा ठूलो समूह बनाएर प्रवेश परिक्षा उर्तिण हुने
विद्याथीहरुलाई फोन र एसएमएस मार्फत आफूले संचालन गरेको होस्टल, कोचिङ सेन्टर र कन्सलटेन्सीमा बोलाएर मोलमोलाई गर्ने गरेका छन्।
विभिन्न समूहमा विभिन्न दलालहरु अलग अलग तरिकाले पास गराईदिने भन्दै विश्वास दिलाउने प्रयास गरिरहेका छन्।
केहि वर्षयता पास भइ अध्ययन गरीरहेका विद्याथीहरुलाई अगाडी राखेर निजहरुलाई आफूले नै पास गराइदिएको कुरा भनी अध्ययनरत विद्यार्थीहरुको सहयोग गरिदिने बिश्वास दिलाई करोडौँ रकम असुली गरीरहेका छन्।

Group1

Dr Kalu Singh Khatri (Nepal medical council member)

Dr Binaya Panjiyar (ViaDr Dilip Horijan(kmc Student)

Dr Saroj Shah (Retina consultancy,putalisadak)

निजहरुले  Orbit consultancy(sunil Regmi,Jyotasana Shrestha,Raju Khan (Global Consultancy) / Yadav (Vibrant coaching center) Krishna kumar gupta K.K Gupta Name coaching and Vibrant coaching center मार्फत विद्यार्थीहरु संकलन गरीरहेका छन्।

निजहरुले केहि एमविविएस MBBS अध्ययनरत विद्यार्थी डिल्ली हरिजन (kmc), Anil Shah (kmc), Krishnanandan Yadav (kmc) हरुलाई अगाडी सारेर निजहरुको Admission mec पास गरेर आफूले गरिदिएको भनी प्रवेश परिक्षा दिने विद्याथीहरुलाई विश्वास दिलाउने गरेका छन्। निजहरुले केहि प्रश्नपत्र अगाडी नै दिने जुन,( Army medical college) का शिक्षकहरुले  Mec लाई प्रश्न शंकलनको लागि पठाएका छन् र यदि परिक्षा विग्रीयो भने पनि आफ्ना मान्छेहरु भएको कारण विद्यार्थीलाई top 500 मा पर्ने गरी Admission गरिदिने भनेर आश्वासन दिएका छन्।

 

Group 2

Arun Chaudhary (Deep jyoti consultancy)

Santosh Chaudhary (Ayan consultancy)

Mithilesh yadav (I.t expert classmate of mec I.t member)

Pramod yadav (Dr & consultancy member)

Prabesh yadav (Dr & friend of recent NMC member)

Santosh jha (Edu hub consultancy member)

Tsiocndra yadav (Edu hub consultancy member)

Aditya Singh (Edu hub consultancy member)

निजहरुले परिक्षाको एकदिन अगाडी १८० वटा हुवहु प्रश्नपत्र दिने आश्वासन दिइरहेका छन्। प्रा.डा अञ्जनी कुमार झा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएको बेला आफ्नो केहि साथीलाई Mec मा कर्मचारी नियुक्त गरेको र ३ बर्षदेखि लगातार प्रश्नपत्र बाहिर निकाली १०० जना भर्ना गरिरहेको दाबी गरिएको छ।

 

Group 3

Sudip Nayak (Widerange Consultancy Putalisadak, Aman Purbe (Part-time staff of Wide Range Consultancy)

Anil Shah (Staff of Wide Range Consultancy)

Krishna Kumar Gupta (K.K. Gupta, Teacher of NAME-L / VIBRANT Consultancy Center)

Kuber Anand (GPC Nepal Consultancy, Bag Bazar)

Bikash Mahato (Wide Range Consultancy)

महतो महोत्तरीबाट निर्वाचित सांसद दिपक कुमार शाहको भिनाजु नाता पर्ने बुझिएको छ।

Krishnanandan Kappaar

उनी सांसद रोविन महातोको भाई नाता पर्ने बुझिएको छ भने उनि पनि पहिला कन्सल्टेन्सी संचालक थिए।
Dipendra Man Singh (GPC Consultancy, Bag Bazar

उनि शाही कृष्ण मेडिकल फाउन्डेसनमा पनि आवद्ध छन्। उनिहरुले १४ जना विद्यार्थीबाट २ करोड ८० लाख संकलन गरिसकेका छन्।

Chandan yadav & Atul Ingole (People link Nepal) को कर्मचारी तथा संचालक हुन्। चन्दन यादव आफैमा विद्यार्थी पनि हुन्।
उनिहरुले १०० जना विद्यार्थीसँग पैसा उठाएका बुझिएको छ।

यो समूहले हुवहु २०० प्रश्नपत्र परिक्षाको अगाडी दिने र होहल्ला भई प्रश्नपत्र परिवर्तन भएको खण्डमा २०÷२० वटा प्रश्नको मात्र र भर्ने र बाँकी खाली छाडेर आउने भनेर १०० प्रतिशत पासको ग्यारेन्टी दिइरहेका छन्।

उनिहरुले खाली छाडेको प्रश्नको जवाफ आफ्नो सेन्टरका खटिएका स्कुल÷कलेजका एमइसीका प्रतिनिधिले भरिदिने पनि आश्वासन दिइरहेका छन्।

GPC Nepal consultancy भनेको त्यहि कन्सलटेन्सी हो जसका संचालक स्टाफ र Name coaching का संचालक डा नविन शर्मा मिलेर सन् २०१३ मा शिक्षा मन्त्रालयको प्रश्नपत्र Goldengate college बाट चुहावट गरेका थिए। निजहरु पैसाको दममा बाँचेका हुन् र उनिहरुका केहि स्टाफ जेल चलान समेत भएका थिए।  उनिहरुको पहुँच Mec सम्म पुग्न सजिलो हुनुको प्रमुख कारण भनेको शिक्षा मन्त्रालय र स्वाथ्य मन्त्रालयका धेरैजसो कर्मचारीहरु Name coaching center मा लोकसेवा परिक्षाको तयारी कक्षा संचालन गर्दै आएका छन्।

 

Group 4

Rishikesh Shah (Career Consultancy → NMC member or classmate)

Tej Prakash Shah (Indian – Wanted in India in paper leakage 2025)

Rajib Jha (Student & Dr. of Coms Bharatpur; NMC member friend)

Rajan Jha (Dr. & NMC member friend)

Prabesh Yadav (Dr. & NMC member friend)

 

उनिहरु It member का साथीहरु हुन्। उनिहरुले आइ टी सदस्यहरुसँग प्लस टु पास गरेका हुन्। उनिहरुले एक जना विद्यार्थीको साटो अर्को जना विद्यार्थीबाट परिक्षा दिलाउने, पछि आइटी सदस्य मार्फत डकुमेन्ट परिवर्तन गराउने तथा रिजल्टमा २००० देखि तल नेम लिष्टमा हालेर पनि पास गराउने गरेका छन्। एमइसीको नतिजामा पटक पटक प्राविधिक गडवडी देखिने प्रमुख कारण यहि हो।

 

Group 5

Sushil mendal

Ajya yadav (Dr at Birat medical collage

Rupesh yadav ,Student, kmc

Shailendra yadav,Student Nmc

Suraj Das,Student,kmc

Purusartha Bhardwaj,Student,kmc

Santosh mandal,Student

Dipendra poddar,Student passed out from Janaki.

माथी उल्लेखित नाम भएका व्यक्तिहरु एक जना विद्यार्थीको साटो अर्को विद्यार्थी मार्फत परिक्षा दिलाउने गरी ३०÷३५ जनासँग पैसा असुली गरेका छन्। उनिहरुले प्रत्यक बर्ष २०/२५ जना नक्कली परिक्षार्थी मार्फत परिक्षा दिलाइरहेका छन्। यसअघि पनि हामीले पटक पटक उजुरी दिएका थियौँ।
सन् २०२१,२०२२ र २०२३ को परिक्षामा २० औँ नक्कली विद्यार्थीको पहिचान भएको थियो। उजुरी दिँदा पनि केहि जाँच र अनुसन्धान नहुँदा सयौँको संख्यामा नक्कली विद्यार्थी भर्ना भएका छन्। यसपटक ५०० भन्दा बढि विद्यार्थीलाई भर्ना गराउन विभिन्न माध्ययबाट दलालहरु सक्रिय भइरहेको सूचना हामीलाई प्राप्त हुँदा यो निवेदन पेश गरेका हौँ।

निवेदक
चिकित्सा सुधार पिडित पक्ष
काठमाडौँ।

प्रवेश परिक्षाको अनियमितता रोक्न के गर्दैछ चिकित्सा शिक्षा आयोग?

 

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार