नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगेका छन्। यो उनको मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा हो।
चीनको साङ्घाईस्थित अक्टागनमा उनले शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गरेका हुन्।
तीन राउनन्डको खेलमा ‘स्प्लिट डिसिजन’को आधारमा ढाँट २९–२८ को स्कोरमा विजयी भएका हुन्।
उनी फाइनल पुगेसँगै फाइट निकै कठिन भएको बताए। ‘नेपाल दु:खमा छ। सबैले सकेसम्मको सहयोग गर्नुहोला, जय नेपाल। यो फाइट कठिन थियो,’ उनले भने।
रवीन्द्रले अब जापानी खेलाडी र्यो ताजिमासँग फाइनलमा खेल्नेछन्। ताजिमाले पहिलो सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गरेका थिए।
यदि उनले फाइनल जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार







प्रतिक्रिया दिनुहोस्