२०८३ जेठ १३ , बुधबार

पूर्ण बहादुर खड्का निकट नेता केसीको दावी- सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउन खोजेको भन्ने हुँदैन



नेपाली काँग्रेसमा गगन थापाको नेतृत्व धेरै नेताले स्वीकार गर्न खोजेको देखिएको छैन। पार्टीमा विद्रोह गरेर तत्कालिन महामन्त्री गगन थापा पार्टी सभापति बनेपछि शेरवहादुर देउवा मुलुकमा बस्न मन गरेनन् भने थापा सभापति बनेको केहि समयपछि भएको प्रतिनिधिसभा निर्वाचनमा समेत देउवाले भोट हालेनन्।

काँग्रेसको पक्षमा चुनावी माहोल बनाउनुको सट्टा देउवा देशमै बसेनन्। उनलाई पूर्व मन्त्री समेत रहेकी देउवा पत्नी आरजु राणाले भरपुर साथ दिईन्। देउवा पक्षका नेताहरुले पनि खुलेर चुनावी माहोललाई साथ दिएनन्।

अहिले कांग्रेसको संस्थापनइतर पक्ष सम्पर्क कार्यालय स्थापना गर्ने तयारीमा जुटेको छ। त्यसका लागि सो समूहले छलफल अघि बढाएको जनाएको छ।

पार्टी फुटाउन खोजेको हल्ला समाचार बाहिरीएपछी पूर्णबहादुर खड्का प्यानलका शशी कुमार केसीले सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने हुँदैन पार्टी अगाडि बढाउन सहज होस भनेर सम्पर्क कार्यालय खोलेको बताए।

नेता कृष्णप्रसाद सिटौलाले सम्पर्क कार्यालय स्थापनाका लागि छलफल भइरहेको बताए । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सुर्खेतमा छन् । उनी काठमाडौँ फर्केपछि आफूहरू अघि बढ्ने सिटौलाले बताए । “पूर्णबहादुरजी सुर्खेतमा हुनुहुन्छ । कहिले फर्कनुहुन्छ अनि हामी अगाडि बढ्छौँ,” उनले भने ।

पार्टी सभापति गगन थापाले संस्थापनइतर पक्षसँग भेटवार्ता गरेर पार्टीमा एकताका लागि पहल गरेका थिए। थापाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा डा। शेखर कोइरालासँग भेटवार्ता गरेका थिए । अहिले संस्थापन पक्ष प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा व्यस्त छ भने संस्थापनइतर पक्ष प्रदेशस्तरीय भेलामा जुटेको छ

पार्टी फुटाउन खोजेको हल्ला समाचार बाहिरीएपछी पुर्ण बहादुर खड्का प्यानल शशी कुमार केसीले सम्पर्क कार्यालय खोल्दै पार्टी फुटाउने भन्ने हुँदैन पार्टी अगाडि बढाउन सहज होस भनेर सम्पर्क कार्यालय खोलेको हो दावी गरे।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार