संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ।
प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र सिंहदरबारमै रहेको नयाँ संसद् भवन नै प्रयोग हुने संसद सचिवालयले जनाएको छ।
अहिले नयाँ संसद् भवनबाहेक अन्य विकल्पमा कुनै छलफल नभएको संसद सचिवालयको भनाई छ। नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद् सचिवालयले विश्वास व्यक्त गरेको छ।
संसद अधिवेशन आह्वान हुनुभन्दा १५,२० दिनअगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने संसद सचिवालयले जनाएको छ। नयाँ संसद् भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटामध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुन सक्ने सचिवालयले जनाएको छ।
तत्कालका लागि न्युनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमश अन्य कामहरू नयाँ भवनबाट सुरु गर्नेगरी तयारी भएको सचिवालयले जनाएको छ। यसअघि संसद् सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचारसमेत गरेको थियो।








प्रतिक्रिया दिनुहोस्