२०८२ चैत २८ , शनिबार

राप्रपासहित राजावादी समूहको प्रर्दशनमा तीन जना प्रहरी नियन्त्रणमा,ओलीलाई दिए यस्तोसम्म चेतावनी



काठमाडौं – १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ ।

कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताए ।

‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, उनले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला ।’

(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।

राजावादीहरुले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ’, उनले भनेका छन् ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।

राजतन्त्र पुनर्स्थापना माग गरी ‘संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार रत्नपार्क क्षेत्रमा भएको प्रदर्शन साँझ ५ बजे सकिएको छ। कार्यक्रम स्थलमा घुसपैठ गर्न खोजेको आरोपमा प्रदर्शनकारीले नै तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौं‌का एसपी अपिलराज बोहराले बताए।

बिहीबारदेखि नवराज सुवेदी नेतृत्वको समितिको आह्वानमा ‘जनआन्दोलन’ सुरू भएको हो।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को आह्वानमा बिहीबारदेखि काठमाडौंमा ‘जनआन्दोलन’ सुरू भएको छ।

समितिले गरेको आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूले पनि समर्थन जनाएका छन्।

संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा पुगेका छन्।

राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजी लगायत एजेन्डा लिएर उनीहरूले आजदेखि आन्दोलन गरेका हुन्।

राजावादीहरूको आन्दोलन रत्नपार्कमा भइरहेको छ। यसअघि विभिन्न ठाउँबाट र्‍यालीसहित उनीहरू रत्नपार्क आइपुगेका थिए।

यो आन्दोलनलाई दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले समर्थन नगर्ने जनाएको छ।

महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति निकालेर राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने उल्लेख गरेका छन्।

यसैबीच राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरुको आन्दोलनमा नविन सम्झौतामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। अन्यथा भाग्नलाई हेलिकप्टर ठिक पार्न चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार