२०८३ मंसिर ८ , मंगलबार

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक संघको अध्यक्षमा अर्जुन गिरी



कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको अध्यक्षमा मनोनीत गरेको छ।

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले बिहीबार उनलाई महासंघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

 

पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम गिरीलाई अध्यक्ष मनोनयन गरिएको पत्रमा उल्लेख छ । पत्रमा गिरीलाई आगामी ६ महिनाभित्र सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ।

लामो समयदेखि नेपाली चलचित्र तथा कला क्षेत्रमा सक्रिय गिरी राजनीतिमा क्रियाशील छन्।

प्रकाशित मिति : २०८३ कात्तिक २६ गते बिहीबार