२०८३ मंसिर ७ , सोमबार

भारतले घोषणा गरेको सहयोगमध्ये ५६ अर्ब अनुदान १ खर्ब ८४ अर्ब ऋण



भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत राजकीय भ्रमणका क्रममा उक्त रकम घोषणा गरेको हो ।

कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण रहेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस अनुसार भारतले उपलब्ध गराउने कुल सहायता प्याकेजमा ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता रहनेछ। उक्त अनुदान रकम नेपालमा विपद् पश्चातको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरू निर्माणका लागि उपलब्ध गराइने जनाइएको छ।

कुल सहायताको ठुलो हिस्सा १ खर्ब ८४ अर्ब रुपैयाँ भने भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा रहनेछ।

प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार