नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति, मधेस प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरेन्द्र सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहमाथि कडा कटाक्ष गर्नुभएको छ।
प्रदेशसभा सदस्य सिंहले सामाजिक सञ्जालमार्फत संघीय सांसद डा. अमरेश सिंहलाई लक्षित गर्दै भ्रष्टाचारी, चरित्रहीन, छिनछिनमा कुरा फेर्ने र सधैँ झुटो बोल्ने प्रतिनिधिसभा सदस्यलाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट बहिष्कार गर्नुपर्ने आशयको अभिव्यक्ति दिनुभएको हो।
उहाँले आफ्नो अभिव्यक्तिमा ‘भ्रष्टाचारी, चरित्रहीन, छिनछिनमा कुरा फेर्ने र सधैँ झुटो बकबक गर्ने प्रतिनिधिसभा सदस्य (माननीय) लाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’ भन्नुभएको छ।
वीरेन्द्र सिंहको उक्त अभिव्यक्ति संघीय सांसद डा. अमरेश सिंहप्रति लक्षित रहेको स्पष्ट देखिन्छ। प्रदेशसभा सदस्य सिंह र संघीय सांसद सिंहबीचको यो सार्वजनिक कटाक्षले सर्लाहीको राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
प्रदेश सांसद सिंहले लगाउनुभएका आरोपबारे संघीय सांसद डा. अमरेश सिंहको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।









प्रतिक्रिया दिनुहोस्