नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री बालेन मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाँदैछन् । मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सेवा सञ्चालन हुनेछ।
रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरु हुन लागेको यो रेल सेवाले दुई देशबीचको जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तत्कालका लागि रेल सेवा हप्तामा एक पटक मात्र सञ्चालन हुनेछ। जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरका लागि सेवा सञ्चालन गरिनेछ।
रेलले जनकपुरदेखि गोरखपुर हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरी अयोध्या धाम पुग्नेछ। रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर स्टेशन पर्नेछन्।









प्रतिक्रिया दिनुहोस्