राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने भएका छन् । शाहीले आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएका हुन् ।
शाहीलेशाहीले काठमाडौँमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारीको घोषणा गरेका हुन्। गत फागुनमा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलका नेता समेत हुन् ।
राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौँमा हुँदैछ।
प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्