२०८३ वैशाख ३ , बिहीबार

यस्ता छन् कान्स फिल्म फेस्टिभलका आर्कषण



काठमाडौं – विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण मंगलबारदेखि फ्रान्समा हुँदैछ। फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव हुन लागेको हो।

यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन्। विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रेकोनिङ’को वल्र्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन्।

महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ। फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन्। अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन्।

स्कारलेट जोहान्सन, क्रिस्टिन स्टुवार्ट, ह्यारिस डिकिन्सनजस्ता विश्वप्रसिद्ध स्टारले निर्देशनमा डेब्यु गरेका फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा स्क्रिनिङ हुनेछन् ।

महिला निर्देशित १६ फिल्म आधिकारिक छनोटमा समावेश छन्, जुन लाइनअपको लगभग २८ दशमलव ५५ प्रतिशत हो। यो तथ्यांक अघिल्लो वर्षको २३ दशमलव ७५ प्रतिशत भन्दा बढि हो, जसले महोत्सवमा महिला फिल्म निर्माताको समावेशीकरणतर्फको सकारात्मक प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ ।

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार