काठमाडौँ आगामी १० पुसदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मुगलान’ को ट्रेलर रिलिज भएको छ। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरले कथावस्तुबारे दर्शाउँछ। नेपाली युवालाई विदेशिन बाध्य पारिएको कथा यसमा छ।

२०५२ सालपछिको गृहयुद्धको चपेटामा परेका युवा मुगलान छिर्न विवश भएको कथा यसमा छ। मुखियाको ऋण तिर्नको लागि परदेशिन बाध्य भएको पात्रको रोलमा प्रभात पाल देखिएका छन्। ऋण निखन्न फर्किएका मुख्य पात्र घर फर्किँदा घरमा उसका बाबुआमा हुँदैनन्। द्वन्द्वको पृष्ठभूमिमा उनीहरू कता बेपत्ता भए।
यसको मर्मस्पर्शी कथा पनि यसमा छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई देख्न सकिन्छ।
फिल्ममा यी दुई प्र्रेमजोडीको भूमिकामा छन्। रामचन्द्र अधिकारी, दिनेश डीसी, सविन बाँस्तोलाको पनि अभिनय छ।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा श्री शिवांशु, मोती सुबेदी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ। आशिष ढकालको पटकथा र निर्देशनमा तयार भएको फिल्मको लगानीकर्ता गोमन सिंह हुन्।








प्रतिक्रिया दिनुहोस्