काठमाडौँ-बैतडी सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प भएको छ।
सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर शुक्रबार बिहान १ः४८ बजे पाँच दशमलव एक र २ बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए।
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्