बुधबार काडठमाडाैँकाे नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले सडकमै प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।
प्रहरी वृत्त नागढुंगाका प्रमुख इन्स्पेक्टर जितेन्द्र साहले साेही विभागमा कार्यरत सहायक हवल्दारलाई सडकमै हात हालेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीकाअनुसार सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले जानकारी गराएका छन्।
त्यसबारे बुझ्ने काम भइरहेको एसपी गिरीकाे भनाइ छ।
प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार








प्रतिक्रिया दिनुहोस्