२०८२ चैत २८ , शनिबार

कर्णाली छिर्यो माओवादी



काठमाडौँ – मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  नेतृत्वको अभियान टोली आइतबार अछाम हुँदै दैलेखको राकम कर्णालीमा प्रवेश गरेकाे हाे ।
राकम कर्णालीमा सहिद परिवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम‌ गरेर टोली आज मध्यपहाडी राजमार्गका जम्बुकाँध, दुल्लु हुँदै दैलेख सदरमुकाम पुग्ने छ ।

यसअघि बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो।

उक्त झन्डा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इन्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार