२०८३ वैशाख २ , बुधबार

३५ लाख धरौटीमा छुटे माधव नेपाल



काठमाडौँ- पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेषले गरेको म्याद तामेलीपछि नेपाल अदालतमा आफैँ उपस्थित भएका थिए।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार