२०८२ चैत २८ , शनिबार

नेकपा एसमा आन्तरिक किचलोको उग्ररुप-बैठक तोक्दै रोकिदै



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध पतञ्जली योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा मुद्धापरेपछि नेकपा एसका नेता कार्यकर्ताको मनस्थिती बिग्रिएको छ।

सानो दलभित्र ठूलो झगडा छ भने पार्टी मै बस्ने नबस्ने वा रहेपनि कति दिन रहने भन्ने नेता कार्यकर्ता स्वयम्लाई नै थाहा छैन। नेताहरुमा छट्पटी र बेचैनी बढेको छ।

भदौ पहिलो साताका लागि तय भएको पार्टीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ। महासचिव घनश्याम भूसालले एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका थिए।

तर फेरि पार्टीले निकालेको अर्को सूचना अनुसार २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्नेछ । त्यसअघि २५ गते स्थायी कमिटी र २६ भदौ पोलिट्ब्यूरो बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए।

‘चाडबाडलाई ध्यान दिएर बैठक सारिएको कारण देखाएपनि पार्टीको आन्तरिक किचलोका कारण बैठक सारिएको बुझिएको छ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार