२०८२ चैत २८ , शनिबार

वैशाखदेखि हालसम्म विपद्‌का घटनामा ५८ जनाको मृत्यु



काठमाडौँ – पछिल्लो दुई महिनाको अवधिमा विपद्‌सम्बन्धी विभिन्न घटनामा परी ५८ जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि असार ७ गतेसम्म विपद्‌का घटनामा परी ५८ जनाको मृत्यु भएको जानकारी दिएको हो।

प्राधिकरणका अनुसार यस अवधिमा चट्याङबाट १७, सर्पदंशबाट २, आगलागीबाट १३, हावाहुरीबाट ८, जनावरको आक्रमणबाट ८ र लेक लागेर १० जनाको मृत्यु भएको छ।

साथै विपद्‌का घटनामा परी ३३३ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार