काठमाडौं – जेठ १५ गते (बिहीबार) काठमाडौंमा राजतन्त्र पुनर्स्थापना र सनातन हिन्दू राज्यसहितको माग राखेर प्रदर्शन हुँदैछ ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिको नेतृत्वमा हुन लागेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालको पनि साथ छ ।
सोही दिन सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसको उत्सव मनाउँदैछ । एमाले बैठकले नै सांस्कृतिक झांकीसहित सो दिन काठमाडौंमा उत्सव मनाउने निर्णय लिएको थियो ।
यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई दिन काठमाडौं एमालेको नियन्त्रणमा राख्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीले दिएको उक्त निर्देशनसँगै एमालेले उत्सवको तयारी तीव्र बनाएको छ ।
सोही दिन काठमाडौंका २५ वटा केन्द्रमा लोकसेवा आयोगले विद्युत् प्राधिकरणका प्राविधिक पदहरूको परीक्षा लिँदैछ ।
उक्त परीक्षामा ४ हजार ९ सय विद्यार्थी सहभागी हुँदैछन् ।
प्रदर्शनका यस्ता खबरहरू सार्वजनिक भइरहँदा परीक्षार्थीहरू सो दिनको परीक्षा के हुने भनेर चिन्तामा छन् ।








प्रतिक्रिया दिनुहोस्