२०८२ चैत २८ , शनिबार

यस बर्ष चाँडो मनसुन भित्रिने संकेत



यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३) भन्दा केही दिन अगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको प्रारम्भिक अध्ययनले यसपटक मनसुन जुन १३ तारिख अघि नै भित्रिने संकेत देखिएको हो।

‘तर अहिले यो अनुमान मात्र हो, यो आउने कुरा निश्चित गर्न ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्छ’, मौसमविद् अर्यालले भने, ‘त्यसैले अहिले यो अध्ययनकै क्रममा छ।’

तथापि भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको उनले बताए।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार