काठमाडौँ–बाबुराम भट्टराईलाई शसस्त्रद्दन्दपिडितले हत्यारा भन्दै खेदेका छन्। भट्टराई सहभागी कार्यक्रममा उनकै अघि पिडितले हत्यारा भनेर गाली गरेपछि उनले कार्यक्रम नै छाडेर भाग्नुपरेको छ।
बिहीबार द्वन्द्वपीडितसमेत सहभागी एक कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई द्वन्द्वपीडितहरूले ‘हत्यारा’ भनेपछि उनी कार्यक्रमस्थलबाट लुसुक्क भागेका छन्।
नेपाल मानवअधिकार संगठनले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओवादी पक्षसँगै सरोकारवालाहरूलाई बोलाइएको थियो।
कार्यक्रमको सुरुमै बोल्ने पालो पाएका डा. भट्टराईले सशस्त्र द्वन्द्वताका भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’को सिद्धान्त अपनाउनुपर्ने बताएका थिए।
उनले माओवादी सशन्त्र युद्धको क्रममा मारिएकामध्ये ८० प्रतिशतलाई नेपाली सेनाले मारेको आरोप लगाएका छन्।
उनले द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट २० प्रतिशत मात्रै मारिएको दाबी गरेका हुन्।
छलफलमा सहभागीहरूले भट्टराईको उक्त अभिव्यक्तिको चर्को विरोध गर्दै उनलाई ‘हत्यारा’ भनेपछि तत्कालीन विद्रोही माओवादीका नेता भट्टराई लुसुक्क कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
कार्यक्रम लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना भएको थियो।








प्रतिक्रिया दिनुहोस्