२०८२ चैत २८ , शनिबार

गर्भनर नियुक्तिमा रस्साकस्सी



काठमाडौँ – सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने तयारी थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको बालुवाटार स्रोतले बतायो । शीर्ष दुई दलका नेताबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ ।

कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार