काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा नसोचेको घटना भएको प्रतिक्रिया दिएका छन्।
पक्राउ परेको ५० दिनपछि हिरासतमुक्त भएका उनले आफूले संगठित अपराध र आपराधिक उपद्रव हुने गतिविधि केही नगरेको बताएका हुन्।
‘चैत १५ गते ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्न चाहन्छु। यो सोचेको कुरा पनि होइन। घटना हुन गयो। आन्दोलन ठूलो भएपछि सरकार र आयोजकको नियन्त्रणमा हुँदैन। ०६२/०६३ को हेरौँ, थारु आन्दोलन, मधेस आन्दोलन सबै हेरौँ,’ उनले भने, ‘मैले त सधैँ भन्ने गरेको छु- शान्तिपूर्ण नवीन समझदारीमा जाऔं। म हाँजिरी जमानीमा छुटेको छु। खुसी हुने अवस्था छैन।’
उनले आफ्नो मुद्दा बाँकी नै रहेको भन्दै थप भने, ‘म राजनीतिक मान्छे हुँ मैले राजनीतिकक रुपमा राजसंस्था पुनर्स्थापनाको माग गरेकै हुँ। संगठित अपराध र आपराधिक उपद्रव मबाट केही भएको छैन।’








प्रतिक्रिया दिनुहोस्