सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा महिना दिनमै निकाल्न निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय दबाबमा परेको छ।
चैत १९ गतेदेखि एसईई सुरु भएको छ, तर परीक्षा सुरु हुनु अघिल्लो दिनसम्म महिना दिनमा नै कसरी नतिजा निकाल्ने भन्ने अन्योलमा परीक्षा नियन्त्रण कार्यालय देखिएको छ।
दिनभर बोर्डमा यही विषयमा छलफल भए पनि नतिजा निकाल्ने विषयमा टुंगो लाग्न नसकेको छैन। परीक्षा नियन्त्रक टुकराज अधिकारीले दिनभर छलफल भएपनि नतिजा निकाल्नेबारे टुंगो नलागेको बताए।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग परामर्श गरेपछि महिना दिनमा नतिजा निकाल्न निर्देशन दिएका थिए।
यसअघिका वर्षमा तीन महिनामा नतिजा निकाल्दै आएको परीक्षा बोर्ड यसपटक परीक्षाको मुखमा एक महिनमा नै नतिजा निकाल्न निर्देशन भएपछि दबाबमा परेको हो।








प्रतिक्रिया दिनुहोस्