२०८३ वैशाख १ , मंगलबार

नेकपाको संसदीय दलको कार्यालय रास्वपालाई



संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। सचिवालयले बिहीबारदेखि राजनीतिक दलहरूलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।

 

 

संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरेको उनको भनाई छ। गिरीका अनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। यस्तै अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँड गरेको सचिवालयले जनाएको छ।

सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी पनि गरेको छ।

गिरीका अनुसार सांसदहरूको शपथग्रहणअघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष सपथ गराइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उनले जानकारी दिए।

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार