म्युजिक भिडियोका अहिलेका अत्यधिक चर्चित र व्यस्त डिरेक्टर एवं कोरियोग्राफर विशाल कैनीको पछिल्लो गीत बुलेट बाइकमाले चर्चा कमाइरहेको छ।

चर्चित गायक टेक विसी र गायिका सिम्रन परियारको आवाजमा रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफी विशाल कैनीले गरेका छन्।
म्युजिक भिडियोमा चर्चित मोडल कविता नेपाली र रवि चन्द ठकुरीलाई देख्न सकिनेछ।

गीतका शव्द सन्तोष सुनारका हुन् भने कम्पोज पनि सुनारले नै गरेका हुन्। गीत गायक तथा कलाकार टेक विसी लगायत अन्य तीन वटा युटुव च्यानलबाट संयुक्त रुपमा सार्वजनिक गरिएको छ।
कैनीका यसअघिका चर्चित गीतहरुमा मलाई चुना लाएर पान बनाइदेउ, उडी उडी चुप्पा, जोवनै ढल्की गएसी, हाइ डिमान्ड, ३२ को कम्मर, दिलको खाली पर्चामा, बसौला मनमा, मर्न नपरोस्, क्यारी माया लाम्, घुम्टो ओडी लाज माड्याकी, चुम्मा चुम्मा, मलाई हुनु छैन, मायाको जम्मै राम्रो लगायत हुन्।

म्युजिक भिडियोसँगै कैनी मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा पनि सहभागी भएर दर्शकलाई मनोरन्जन दिदै आएका छन्।








प्रतिक्रिया दिनुहोस्