२०८३ वैशाख १ , मंगलबार

मधेश प्रदेश तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा



सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो।

यसअघि असार २६ गते मधेश प्रदेश सरकारले  शुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको  एक मन्त्रीले जानकारी दिए।

मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ। पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ। भूमिगत पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन्।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार