काठमाडौँ-प्रधानमन्त्री मुलुकको सर्वोच्च पद हो। देशको कार्यकारी प्रमुखका काम र कर्तव्य धेरै हुन्छन्। प्रधानमन्त्री देश बनाउनतर्फ केन्द्रित हुनुपर्छ। तर प्रधानमन्त्री पछिल्लो समय सस्तो लोकरिज्याईंमा लागेका छन्। जुन नागरिलाई मन परेको छैन।
मन नपरेर आलोचना गर्दा पनि प्रधानमन्त्रीलाई असर पर्दैन उनि आफ्नो सुर छाड्दैनन्। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ
सामाजिक सञ्जालतिर धेरै भुल्न थालेका छन्। जुन प्रधानमन्त्री ओलीले उनको अफिसियल फेसबुक पेजमा पाष्ट गरेका सामाग्रीले पुष्टि गरेका छन्। उनको
फेसबुकमा छिनछिनमा नयाँ–नयाँ पोष्ट देख्न सकिन्छ। ठ्याक्कै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङसँग दाँज्न मिल्ने गरी ओलीका पोष्ट हरु भइरहेका छन्। अर्थतन्त्र सुधार, बेथिती, भ्रष्टाचार अन्त्य, युवा लक्षित कार्यक्रम र विदेशीने दर घटाउनेसहित मुलुकका ठूला प्रकरण र देश हितका इशुमा प्रधानमन्त्री व्यस्त हुनुपर्नेमा छिटो छिटो केहि न केहि लेखिरहेका हुन्छन् ओलीले फेसबुकमा।
बुधबार ब्लूटिक भएको प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज फलोइङ शून्य, फलोअर ६ लाख ७८ हजारमा बाढी, पहिरो, डुबान, वर्षाजन्य विपद्बाट बच्न सहायताका लागि भनेर सचेतनामूलक सामाग्री पोष्ट गरेका छन्।
यो पोष्ट त कम्तिमा जनचेतनाको लागि भयो। त्यहि पोष्टमा पनि ओलीलाई नागरिकले असन्तुष्टि पोखेका छन्। गाली गरेका छन्। मुलुक डुबाउने र जनता रुहाउने तिमिहरु सङ बच्न चै कतिमा सम्पर्क गर्नु पर्ला? भनेर कमेन्ट आएको छ। ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धी कार्यक्रमहरु समापन भएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचंसम्बधी उच्चस्तरीय छ्लफलमा भाग लिने क्रममा।
भनेर राखेको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका छन्। कसैले उतैको नागरिक बन्न मिल्दैन र गुरु भनेका छन् भने कसैले आलीले भन्दा बोतल कागज लिन आउनेले मिठो गफ दिने भनेर प्रतिक्रिया दिएका छन्। एसईईको नतिजा सुधार्न केही हदमा सफल भयौँ, अर्को वर्षका लागि हामी सबैले अझै मेहनत गर्नु पर्छ। भनेर ओलीले राखेको स्टाटसमा चाहिँ धेरै नकरात्मक कमेन्ट हरु आएका छन्।
ए प्लस आए पनि जाने बिदेशिको गुलाम गर्न नै हो नेपाल मा के गर्लान र खै? भनेर आएको कमेन्ट घतलाग्दो छ। यसले युवाहरुमा आफ्नै देशप्रति आस नभएको दर्साउँछ। यस्तै मोहन पुन मगरले ८ कक्षा फेलको लाज मर्दो कुरा भनेर कमेन्ट गरेका छन्।
पछिल्लो समय केहि गायिकाले नकरात्मक कमेन्ट गर्नेलाई उजुरीसम्मको बाटो रोज्दा तिनलाई साहसी छोरीको उपमा दिएका केपी ओलीले आफूलाई आएका नकरात्मक कमेन्ट पढेर रमाइरहेका छन् किनकि ओलीलाई यस्ता कमेन्टको बानी परेको छ। तर प्रधानमन्त्री ओलीका पछिल्ला पोष्टहरु लोकरिज्याईं र युवाहरुलाई सस्तो सामाग्रीमा भुलाउने खालका देखिन्छन्।
मुलुकको असल नेतृत्व हुँदो हो त नीति नियम कानून युवा महिला र नागरिकका बिषयमा सचेत र सजग गराउने तर्फ लाग्ने थियो होला। तर विडम्वना हाम्रो मुलुकका शासकहरु आफू राज गर्ने र युवाहरुलाई सानातिना बिषयमा भुलाउन उद्धत देखिन्छन्। यसले गर्दा सरकारलाई खवरदारी गर्नेहरु घट्नेछन् जसले सरकारलाई मनपरी गर्न फाईदा पुग्नेछ।
मुलुकमै बसेर खवरदारी गर्ने युवा कम हुँदा पनि फाइदा शीर्ष नेता र नेतृत्वलाई नै हुने देखिन्छ। राजनीतिक र सामाजिक चेत भएका युवा कम हुँदा शीर्ष नेतालाई नै फाइदा हुन्छ भन्दा फरक पर्दैन। नेता त्यो चेत भन्दा युवाहरु बाहिरै बसेको हेर्न देख्न चाहन्छन् भने युवाहरुले पनि ठ्याक्कै त्यसलाई साथ दिएझैँ देखिन्छ। क्यान्टनमेन्ट घोटाला, गीरिवन्धु टि स्टेट, वाइडवडी जहाज घोटला, नक्कली भुटानी शरणार्थी प्रकरण, इएरपोर्ट सुुन काण्ड लगायत यो मुलुकका दर्जन बढी प्रकरणमा सदनमा प्रतिपक्षी सांसद र केहि अभियन्ताले मात्रै खोजीनीति गर्ने र आवाज उठाउनुपर्छ भन्ने होइन।
युवा पुस्ता सबै जागे भने सम्बन्धित संयन्त्र शुष्म अनुसन्धानको लागि बाध्य हुने छ भने त्यसमा संलग्नले घुँडा टेक्न पर्ने अवस्था आउने छ। तर त्यसबाट ध्यान मोड्न प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक संजालमा रमाइरहेका छन् त्यसलाई युवा पुस्ताले रामै्र साथ दिइरहेका छन् ताली बजाइरहका छन्। त्यति भएपछि ओली पनि खुसी युवा पनि खुशी।
त्यसका केहि पछिल्ला उदाहरणको रुपमा दुर्गेस थापाको दुस्मन हेरेको हेरै गीतलाई प्रधानमन्त्रीले आफ्नै फेसबुक पेजवाट बधाई दिएका छन्।
प्रधानमन्त्रीले के को आधारमा थापालाई बधाई दिए। साच्चिकै बधाई दिए वा दुर्गेस थापाले नै बधाई दिन लगाए र थापाको आग्रहलाई केपी ओलीको सचिवालयले सहर्स स्वीकार गर्यो?
गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीलाई साहसी छोरी भनेर प्रधानन्त्रीले पेजवाट पोष्ट गरेका छन्। त्यो पोष्ट गर्दै गर्दा सरकारले गृहमन्त्री रमेश लेखककै छिमेकी निर्मला पन्तको चित्कारलाई यतिका समयसम्म किन सुन्न सकेन ?
पन्त त उदाहरण मात्रै हुन् यो मुलुकमा बास्तवमै पिडा र हिंसामा परेका महिला वा पुरुष कति छन् र त्यसको पहिचान र कारवाही गर्ने प्रष्ट खाका के सरकारले बनाएको छ त? राजनीति, खेल, पत्रकारिता, कलाकारिता, कानूनलगायत समाजका विभिन्न क्षेत्रमा धेरै महिला तथा पुरुष हिसां र पिडामा बस्न बाध्न छन् उनिहरु न्यायको ढोका ढकढकाउने पहुँचसम्म छैनन् भन्ने सरकारलाई थाहा नभएको त पक्कै होइन होला।
केहि दिन अघि र प्रधानमन्त्री ओलीले एकैदिन पाँच पाँच वटा सम्म पोष्ट गर्न भ्याएका थिए। ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोडको निर्यात भएको र सो गत वर्षको भन्दा बढी रहेको भन्ने जानकारी दिइएको छ । त्योसँगै एउटा पोष्टर सेयर गरिएको छ। जसमा लेखिएको छ, ‘हिस्टोरी अन एक्सपोट्र्स, मेड इन नेपाल, मेड फर द वल्र्ड।’ त्यसपछि सुर्खेतदेखि काठमाडौंसम्म पैदलयात्रा गरेका नवराज बोहोरासँग भएको भेटको भिडियो हालेको देखिन्छ।
फेरि राति गायक दुर्गेश थापालाई पोस्टरसहित स्ट्याटस लेख्दै ‘दुश्मन हेरेको र्हेयै’ गीतमा १० करोड भ्युज पुगेको उपलक्ष्यमा सार्वजनिक रूपमै बधाई दिइएको छ। त्यसको एक घण्टापछाडि पुनः स्कटल्याण्डमा भएको आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिज खेलेर फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्दै आफ्नो फोटोसहितको पोष्टरसहित लेखिएको छ, ‘स्वागत छ टिम नेपाल’ त्यसपछि दैलेखको ग्याँस उत्खनन र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि कर्मचारीहरूलाई दिएको निर्देशनबारे पनि स्ट्याट्स लेखिएको छ।
जानकारी दिने र युवा तप्कासँग जोडिने प्रयत्न राम्रो भए पनि कतिपयले प्रधानमन्त्रीजस्तो व्यक्ति फेसबुकमा झुम्मिएकोमा चर्को विरोध गरेका छन्। साम्याङ धनले पद र कर्तव्यको तालमेल मिलाउन सुझाव दिएका छन्। ‘प्रधानमन्त्रीले देश सञ्चालनको लागि सोच्नुस् यस्तो बधाई दिने काम हामी गर्छौं, पद र कर्तव्यको तालमेल मिलाउने कि’, उनले लेखेका छन्।
विनोद टण्डनले मुलुकको प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद भएको भन्दै कटाक्ष गरेका छन्। भन्छन् ‘कठै मेरो देशको प्राइम मिनिस्टरको फुर्सद।’ राजेन्द्र तारकिणीले प्रधानमन्त्रीको बुद्धि रिमालले चलाएपछि त्यस्तो गतिविधि देखिनु स्वाभाविकै भएको भन्दै ब्यंग्य हानेका छन्। लेख्छन् ‘प्रधानमन्त्रीको बुद्दि नै रिमालहरूले चलाएपछि यस्तै हो।’
सो फेसबुक पेज प्रधानमन्त्रीको अफिसियल हो। त्यसमा ६ लाख ७८ हजार फलोअर्स छन्।महत्वपूर्ण विषय त प्रधानमन्त्री स्वयंले सो पेज चलाउँछन् कि कर्मचारीले? भन्ने हो। हुन त प्रधानमन्त्रीको फलोअर्स बढाउन पनि चाहिँदो–नचाहिँदो स्ट्याट्स हाल्न थालिएको होला तर यसले बद्नामीभन्दा अरु केही उपलब्धि दिने देखिन्न।








प्रतिक्रिया दिनुहोस्