२०८२ चैत २९ , आइतबार

कांग्रेस सांसद माया राईविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता



काठमाडौँ-काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सकेर मंगलवार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। राई कांग्रेसकी समानुपातिक सांसद हुन्।

उनलाई वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो। उनी कार्यसमितिमा रहेका वेला दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको आरोप लगाइएको छ।

सरकारी वकिलले ठगी तथा संगठित कसुरमा सजाय माग दावी गरेको छ। सोही सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने, सहकारीका तत्कालीन अध्यक्ष जीबी राईलगायतमाथि पनि मुद्दा चलाइएको छ।

राई हाल फरार छन् भने लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्। स्वर्णलक्ष्मी सहकारीका हकमा भने उनलाई धरौटीमा छाडिएको थियो।

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार